आज बडादसैँ टीकाको उत्तम शुभसाइत बिहान ११ :५३ बजे

0 Shares

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा।शम्भु प्रसाद ढकालका अनुसार असोज १६ गते बिहीबार ११ः५३ बजे दसैँको टीकाको शुभसाइत रहेको छ ।

देवी विसर्जनको साइत बिहान ९स्२३ बजे रहेको छ । टीका लगाइमाग्ने पूर्व फर्कनुपर्ने समितिले जानकारी दिएको छ ।

यता, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि विजयादशमीको टीकाको शुभ साइत सार्वजनिक गरेको छ । विदेशमा रहेका नेपालीहरुले आ आफ्नो समय अनुसार दशैको साइतमा टिका जमरा लगाउने भएका छन्।

सम्बन्धित समाचार