असोज १४ गते बडादसैंको अष्टमी तिथि, तपाईंको दिन कति शुभ?

0 Shares

आज मिति २०८२ असोज १४ गते मंगलबार । सन् २०२५ सेप्टेम्बर ३० तारिख । नेपाल सम्बत ११४५ कौलाथ्व अष्टमी तिथि । सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल अष्टमी तिथि । आज बिहान ५ बजेर ५६ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ५३ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

आजको दिन सुखदायी रहला । आर्थिक क्रियाकलापमा बढोत्तरी आउने देखिन्छ । अचानकको कमाइले मन हर्षित हुनेछ । रमाइलो यात्राको सम्भावना छ । मित्रजन एवम् घरपरिवारबाट पनि सुखशान्ति मिल्नेछ । रोकिएको काम अघि बढ्ला । समग्र पक्षमा अनुकूलता वृद्धि हुने समय छ । आमोदप्रमोदको भाव जागृत होला ।

बृष

रचनात्मक कार्यमा सफलता मिल्ने समय छ । पारिवारिक समस्याको समाधान होला । आजको दिन नसोचेको ठाउँमा खर्च हुने योग छ । व्यर्थको खर्चले मन पिरोल्ला । प्रेमभाव बढ्नेछ । मित्रजनको साथमा मिठो भोजन प्राप्त हुने देखिन्छ । यात्रापरक काम थाती राख्नु हितकर हुनेछ ।

मिथुन

व्यस्त भए पनि कामको सफलताले उत्साह वृद्धि हुने समय छ । आफन्तमिलनले सुख दिनेछ भने प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । रसरागको भाव वृद्धि हुनेछ । सामाजिक क्रियाकलापमा सहभागिता एवम् सभा समारोहमा मान मिल्ने योग छ । स्वास्थ्य सबल रहला । प्रतिष्पर्धी परास्त हुने छन् ।

कर्कट

कर्मबल वृद्धिका साथै आर्थिक क्षेत्रमा उन्नति हुने समय छ । आर्जित धन बचत हुनाले मनमा सन्तोषको भाव जागृत हुनेछ । नयाँ कामका योजनाहरू बन्ने देखिन्छ, जसले दीर्घकालिन आर्थिक उपार्जनको बाटो खोल्न सक्छ । पराक्रमका साथै आरोग्यबल बढ्ने छ । मिठो भोजन प्राप्त होला ।

सिंह

आजको दिन नयाँ कामका योजना बन्ने सम्भावना छ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । रमाइलो यात्राको योग छ । मित्रजनको साथ मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता प्राप्त होला ।

कन्या

आजका योजना पूर्णरूपले कार्यान्वयन नहुन सक्छन्, महत्यपूर्ण योजना थाती राख्नु नै हितकर हुनेछ । कतै वादविवादको सामना गर्नुपर्ने योग छ, बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । आजको दिन आगो, पानी र मेसिनरी सामग्रीको प्रयोगमा विशेष सावधानी अपनाउनु होला । आरोग्यबल भने बढ्ने छ ।

तुला

आजको दिन मिश्रित फलदायी रहला । जागिरको काममा डर हुनेछ भने चिताएअनुसार कामको गति नबढ्दा मन खिन्न रहन सक्छ । सामाजिक क्रियाकलापको सक्रियताले मान(सम्मान दिलाउला । स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो समय छ । लगानी बढ्नेछ भने विभिन्न शीर्षकमा खर्च वृद्धि हुने देखिन्छ । चुनौतीका बाबजुद साहसिक काममा आकर्षण रहनेछ ।

वृश्चिक

कामको बोझबाट मुक्ति मिलेको अनुभूतिका कारण मनमा प्रशन्नता मिल्ने समय छ । नियमित काम सहजताका साथ अघि बढ्नेछ । शुभता बढेर रोकिएको काम पनि बन्नेछ । सामथ्र्य वृद्धि होला । मित्रजनको साथमा मिष्ठान्न भोजन प्राप्त हुने योग छ । आरोग्यबल बढ्ने छ ।

धनु

कर्मबल वृद्धि हुनेछ । नियमित कार्यमा जाँगर बढ्ने समय छ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । अप्रत्याशित लाभ हुने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिने छ ।

मकर

आजको दिन पीडा दिनेहरू सक्रिय रही अनावश्यक झमेलामा पार्न सक्छन्, सजग रहनुहोला । आर्थिक कारोबारमा हानी हुन सक्छ, लेनदेनको कार्य आज सकभर नगर्नु हितकर हुनेछ । स्वास्थ्य कमजोर रहनसक्छ, खानपान लगायतमा विशेष ख्याल गर्नु उचित हुनेछ । प्रतिकुलताका बाबजुद नियम कानूनले साथ दिनाले जिम्मेवारी निर्वाहमा सहजताको महसूस होला ।

कुम्भ

दौडधुप केही बढेपनि आय आर्जनको दृष्टिले राम्रो समय छ । कृषिकर्मबाट विशेष लाभ मिल्ने देखिन्छ । आजको दिन कसैबाट सम्मान र समर्थन पाइएला । खेलकुद, भ्रमण जस्ता क्रियाकलापमा आकर्षण रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।

मीन

दिन सुखदायी रहने देखिन्छ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित होला । साझेदारीको काम बन्ने छ । दाम्पत्यसुख मिल्नेछ । आरोग्य बल वृद्धिका साथै शत्रुसित लड्ने सामर्थ्य बढ्ने छ । आफन्तको साथ रहला । विपरीतलिंगीबाट विशेष सहयोग मिल्ने योग छ ।

सम्बन्धित समाचार