काठमाडौंबाट एक घण्टामै चितवन पुग्ने द्रुतमार्ग निर्माण गरौं : जनार्दन शर्मा

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले काठमाडौंबाट एक घण्टामै चितवन पुग्न सकिने आधुनिक द्रुतमार्ग निर्माण गर्नुपर्ने बताएका छन् । अहिलेको सडक मार्गमा सवारी आवागमनको अत्यधिक चाप परेको, हरेक वर्ष जनधनको क्षति व्यहोर्नुपरेको र यात्रा गर्दा दुस्ख कष्ट सहनु परेकाले आधुनिक द्रुतमार्ग निर्माण सुरु गर्नुपर्ने शर्माको राय छ ।

‘ठाउँ–ठाउँमा पहिरो खस्ने, खोलाले तान्ने, पृथ्वी राजमार्ग र मुग्लिङ्ग नारायणघाट सडकले अब मुलुकको यातायात चाप धान्न सक्दैन,’ पूर्वमन्त्री शर्माले भनेका छन्, ‘हरेक वर्ष जनधनको ठूलो क्षति व्यहोर्नुपरेको आवागमनमा अत्यधिक दुस्ख र आर्थिक विकासको बाधा हटाउन मैले प्रस्ताव गरेको १ घण्टामा नारायणघाट पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गरौं ।’

शर्मा अर्थमन्त्री हुँदा काठमाडौंको चन्द्रागिरि, चित्लाङ हुँदै चितवन जोड्ने वैकल्पिक सडक बनाउने योजना बजेटमा राखेका थिए । ‘नेपालीको सपना स् परिवर्तनकारी पूर्वाधार योजना’ शीर्षकको २१३ नम्बर बुँदामा काठमाडौं–चितवन द्रुतमार्ग बनाउने उल्लेख छ र यदि सो द्रुतमार्ग बनेमा काठमाडौं–चितवन यात्रा एक घण्टामा सम्भव हुने उल्लेख छ ।

सम्बन्धित समाचार