जन्मदिन मनाउँदै गर्दा चट्याङ लागेर ७ जना घाइते

0 Shares

काठमाडौं । कैलालीमा जन्मदिन मनाउन भेला भएको ठाउँ नजिकै चट्याङ पर्दा सात जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नाका खुशिलाल चौधरीको घरको छतमा जन्म दिन मनाउँदै गर्दा नजिकै चट्याङ परेपछि सात जना घाइते भएका हुन्।

जिल्लाका डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार गएराति साढे ९ बजेतिर छतमा जन्मदिन मलाउँदै गर्दा नजिकै परेको चट्यांङको झिल्काले लागेपछि सात जना बेहोस भएका थिए।

जसमा ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया श्रृष्टि चौधरी, ५५ वर्षीया बाग्मती चौधरी, ७ वर्षीय शिशिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी परेका थिए।

राति ११ बजेतिर सबैलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पुर्‍याइ उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार