चुनावको तयारी गर्न रास्वपा बैठक बस्दै

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ । मंगलबार बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बैठक सुरु भएको हो ।

बैठकको सुरुवातमा जेनजी आन्दोलनमा ज्यान गुमाउने सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै एक मिनेट मौन धारण गरेर बैठकको सुरुवात भएको पार्टीका प्रवक्ता मनिष झाले बताए ।

बैठकमा समसामयिक अवस्था र बैठकबारे, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी सङ्गठन एवं विभाग सम्बन्धमा, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा, पार्टीको महाधिवेशन सम्बन्धमा छलफल हुनेछ ।

सम्बन्धित समाचार