जेनजी पुस्ताले भदौ २३ गते गरेको आन्दोलनको परिणामसँगै प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता सहकार्य नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको राजनीतिक औचित्य समाप्त भएको छ ।
अप्राकृति गठबन्धनबाट बनेको दुई तिहाई सरकारको नेतृत्व गरेका नेकपा एमाले अध्यक्षसमेत रहेका ओलीले आफूलाई पटक पटक असक्षम प्रधानमन्त्रीमा दर्ज गरे । प्रधानमन्त्रीको पदमा बस्दा आफू अनुकुल हुँदा संसद भंगको दाग बोकेका ओलीले जेनजी पुस्ताको आन्दोलनबाट निरकुंशको भारी थपेका छन् ।
लोकतन्त्रमा आमनागरिकको सूचनाको हकसम्बन्धि सामान्य अधिकारसम्म दिन डराएका प्रधानमन्त्री ओलीका सिडिओले काठमाडौंमा भएको जेनजीको प्रदर्शनमा सीधै गोली प्रहार गर्न आदेश दिए ।
प्रधानमन्त्री ओलीको कायरतासँगै असक्षमताका कारण एकै दिन १९ बालबालिकाले अकाल ज्यान गुमाए । झण्डै चार सयभन्दा बढी घाइते भए ।
यता, काँधमा बोकेर ओलीलाई प्रधानमन्त्री बनाएका कांग्रेस सभापति देउवाले पनि यस घटनाको जिम्मेवारी लिनु पर्दछ। ओली नेतृत्वकै सरकारमा पाँच पटक प्रधानमन्त्री बनेको उनी देउवा पत्नी आरजू राणा देउवा परराष्ट्र मन्त्रीको पदमा आशिन छिन् ।
तर, पछिल्लो समय जेनजी पुस्ताको प्रमुख सूचनाको स्रोत हुँदै आएको सामाजिक सञ्जाल बन्द गरेसँगै भएको नरसंहारपछि होस गुमाएका यी दुई नेताको औचित्य समाप्त भएको हो ।
ओली देउवा पटक पटक प्रधानमन्त्री बने सम्झनलायक काम हुन सकेको छैन । पछिल्लो समय ओली आफ्नो जीवन अन्तिम अवस्थामा पदमा छन् । यता, आगामी एक वर्षपछि देउवा उक्त पदमा पुग्ने छन् ।
एक वर्षपछि ओलीले आफूलाई किस्तीमा प्रधानमन्त्रीको पद हस्तान्तरण गर्ने आशमा बसेको देउवाले कतिपय अवस्थामा आफूले नियन्त्रण गर्न सक्ने घटनालाई बेवस्था गरिदिए । ओलीको अनैतिक कामलाई समर्थन गरिरहे ।
देउवालाई जेनजी पुस्ताको आन्दोलनबारे पाटीका नेताहरूले जानकारी दिएका थिए । सामाजिक सञ्जाल बन्द हुँदा देखिने असरबारे जनकारी दिएका थिए । यसबारे उनले चासो दिन सकेनन् । यता, प्रधानमन्त्री ओलीले एक कार्यक्रम जेनजी पुस्तालाई हियाएर अव्यवहारिक टिप्पणी गरेका थिए ।
सत्ता मोहका लागि अप्राकृतिक गठबन्धन गरेका ओली-उवा जीवनको उत्तरार्धमा छन् । होस गुमाएका छन् । आफ्ना नेताहरूको कुरा सुन्न चाहँदैनन् । सही समयमा सही निर्णय लिन सक्दैनन् । सत्तामा बसेर होस गुमाउँदा आफ्नो औचित्य समाप्त पारेका छन् ।