दर्ता नभएका सामाजिक सञ्जाल कुन-कुनले गरे सरकारसँग सम्पर्क ?

0 Shares

काठमाडौं । सरकारले दर्ता नभएर बन्द गर्ने निर्णय गरेको २६ वटामध्ये दुई वटा सामाजिक सञ्जाल सम्पर्कमा आएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्नका लागि पत्र पठाएको थियो। तीमध्ये अहिलेसम्म दुई वटा एप मात्र सरकारको सम्पर्कमा आएको मन्त्रालयको सहसचिव एंव प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए।

उनका अनुसार बन्द गर्ने निर्णय भइसकेपछि बिहीबार नै हाम्रो पात्रोले दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको थियो। त्यसैले उक्त एप निष्क्रिय हुनबाट बचेको छ। त्योसँगै आजमात्र एक्सले दर्ताको प्रक्रियाबारे बुझेको हो।

 

सम्बन्धित समाचार