दश बैंकको ऋण गुणस्तर परीक्षणको जिम्मा बंगलादेशी कम्पनीलाई, पाँच महिनाभित्र सक्नुपर्ने

0 Shares

काठमाडौँ । नेपालका ठूला १० वाणिज्य बैंकको ऋणको गुणस्तरको लेखापरीक्षण गर्ने जिम्मा पाएको बंगलादेशी कम्पनी हाउलाडार युनुस एन्ड कम्पनीले पाँच महिनाभित्र काम सक्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले उक्त कम्पनीलाई यसका लागि जनवरी अन्तिमसम्मको समय दिएको छ।

गत बिहीबार राष्ट्र बैंक र कम्पनीबीच करार सम्झौतामा हस्ताक्षर भएको थियो । सो कम्पनीले वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षणका लागि २ लाख ७१ हजार ६७०।०५ अमेरिकी डलरमा गरेको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको थियो ।

यस परीक्षणमा मर्जर र प्राप्तिमा गएका ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र प्रभु बैंकको साथै एनआईसी एसिया, एनएमबी र राष्ट्रिय वाणिज्य बैंकको पनि सम्पत्तिको गुणस्तर परीक्षण हुने बताइएको छ।

सम्बन्धित समाचार