आज मिति २०८२ भदौ १६ गते सोमबार । सन् २०२५ सेप्टेम्बर १ तारिख । नेपाल सम्बत ११४५ गुंलागा आमै, भदौ शुक्ल नवमी तिथि । आज बिहान ५ बजेर ४३ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर २३ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने समय छ । मान(सम्मान, प्रतिष्ठा र साहस बढ्नेछ । मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिएला । नसोचेको ठाउबाट धन आर्जन हुने योग छ । साथीभाइले हरक्षण साथ दिने छन् भने मातापिताको विशेष आशीर्वाद मिल्नेछ ।
बृष
आजको दिन खासै सुखदायी नरहला । धेरजसो समय सानातिना काममै अल्झनुपर्नेछ । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनसक्छ । कसैसँग विवाद वा झगडा हुन सक्छ, सचेत रही व्यवहार गर्नु उचित हुनेछ । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । घरमा पाहुना तथा अतिथिको आगमन हुने देखिन्छ ।
मिथुन
व्यस्तता वृद्धि हुनेछ । यात्राको समय रहेकाले धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ । सन्तानपक्षबाट सुख–सन्तोष प्राप्त हुने योग छ । सम्पन्न गरिसकेको कामपनि प्रक्रिया नमिल्नाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ, सचेत रहनुहोला । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग आजको दिन विशेष सावधान रहनु उचित होला ।
कर्कट
मिश्रित फलदायी दिन छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ, तर लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । नसोचेका समस्या देखिन सक्छन्, मित्रजनको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । सभा–सम्मेलनमा सहभागी हुने अवसर मिल्ने छ । प्रतिकुलताका बाबजुद कर्मबल बढ्ने छ ।
सिंह
नयाँ काममा हात हाल्ने समय आएको छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । सुखद समाचार सुन्न पाइएला । समाजसेवाका कार्यबाट प्रशंसाा मिल्नेछ । अन्य विविध लाभ हुनुका साथै विभिन्न उपहार प्राप्त हुने योग छ । सहयोगीले राम्रो साथ दिने छन् ।
कन्या
नियमित कर्ममा खासै मन नजाने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित होला । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ, सजग रहनुहोला । स्वास्थ्य अनुकुल नरहनाले अनावश्यक समस्या बढ्न सक्छ । पढाइलेखाइमा पनि समय दिन नसकिएला । हतियार र सवारी साधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु होला ।
तुला
दानपुण्य र भेटघाटमा खर्च हुनाले मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुष्टि मिल्ने दिन छ । विद्या, बौद्धिक क्षेत्रमा पनि सफलता हातपर्ला । आकस्मिक तवरले धनलाभको योग छ । सन्तान पक्षबाट सन्तोष प्राप्त हुनेछ । खर्च वृद्धि भएपनि फजुलमा जानेछैन । मिठो भोजन प्राप्त हुनेछ । यश-वर्चश्व बढ्नेछ ।
वृश्चिक
शुभता बढेर रोकिएको काम बन्ने छ । श्रमको उचित मूल्याङ्कन होला । सामर्थ्य वृद्धि भइ अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । आय वृद्धि र उन्नति-पदोन्नति हुने समय छ । आर्थिक पक्ष सबल रहला । उद्योग, कारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । नचिताएको काममा खर्च हुने योग रहेकोले सावधान रहनु उचित होला ।
धनु
दैनिक कार्यमा ढिलासुस्ती भएपनि सोचेका काम सजिलैसँग पूरा गर्न सकिने समय छ । आजको दिन जग्गाजमिनको कारोबार गर्दा असल हुने देखिन्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पढाइलेखाइमा राम्रो हुनेछ । लाभदायी यात्रासमेत हुन सक्छ । शत्रु परास्त गर्ने क्षमता वृद्धि हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर
पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहला । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा विशेष सक्रियता बढ्ने देखिन्छ । रोकिएका अधुरा कामहरु पूरा हुनेछन् भने जस्तोसुकै समस्याको समाधान हनिकाल्न सकिनेछ । तथापि, सानातिना काम समस्यामै अल्झनुपर्ने देखिन्छ । मेहनतअनुसारको फल नपाइने योग रहेकोले धैर्यको दरकार छ ।
कुम्भ
साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । कुनै लाभदायक समाचार सुन्न पाइएला । आजको दिन खर्च भने बढ्न सक्छ । आर्थिक लेनदेन नगर्नु उचित हुनेछ । स्वास्थ्यगत समस्याले सताउन सक्छ, सजग रहनुहोला । प्रतिकुलताका बाबजुद सामर्थ्य वृद्धि हुनेछ ।
मीन
लामो समयदेखि रोकिएका काम बन्दैजाने समय छ । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ । धनलाभ हुने देखिन्छ । साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुने योग छ । कतै अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला । सामाजिक कामबाट प्रशंसा मिल्नेछ । सवारी साधनको विशेष आनन्द लिन पाइएला ।