0
Shares
काठमाडौँ । हिमालयन बैंक लिमिटेडको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
शेयर सूचीकृत भएसँगै लगानीकर्ताले यी शेयर आफ्नो डिम्याट खातामा आएपछि खरिदबिक्री गर्न सक्नेछन् । बैंकले असार ३२ गतेदेखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको थियो।
यो एफपीओ ९ लाख २५ हजार ४६ जनाले मात्र प्राप्त गरेका थिए, जसमा ९ जनाले ११ कित्ता र बाँकी सबैले १० कित्ताका दरले शेयर पाएका थिए ।
नेपाल धितोपत्र बोर्डले असार २२ गते बैंकलाई एफपीओ निष्कासनको अनुमति दिएको थियो । बैंकले प्रतिकित्ता १६९ रुपैयाँमा निष्कासन गर्ने प्रस्ताव गरे पनि बोर्डले १२ रुपैयाँ घटाएर १६९ रुपैयाँमा निष्कासन गर्न अनुमति दिएको थियो ।