काठमाडौं । नेपाल फाइनान्सको करिब ८ लाख कित्ता संस्थापक सेयर आज (भदौ १२ गते) देखि बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक समूहको ७ लाख ९४ हजार ९७१.१८७ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।
यो सेयरमा इच्छुक व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले न्यूनतममा १ हजार कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ । अधिकतममा १० अंकले भाग जाने गरी बोलपत्र पेस गर्न सकिनेछ । कम्पनीका अनुसार बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ २६ गतेसम्म रहेको छ ।
बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलसँगै नेपाल फाइनान्सको केन्द्रीय कार्यालय (कमलादी) तथा शाखाहरु बनेपा, माछापुच्छ्रे, लगनखेल तिलोत्तमा र प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा पेस गर्न सकिने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।