पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

0 Shares

बागलुङ । बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु र एक जना बेपत्ता तथा निसीखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिए ।

अविरल वर्षाका कारण तमानखोला गाउँपालिका ३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय वुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको हो ।

यस्तै, पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका-४ सन्तरका ५० वर्षीय हस्तविर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । सोही पहिरोमा परेर हस्तविर श्रीपालीकी श्रीमती बेपत्ता भएका छन् ।

यसैगरी पहिरोले गोठ पुरिँदा निसीखोला गाउँपालिका ६ रङ्गिलमा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिए ।

सम्बन्धित समाचार