काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले आयोजना गरेको १७औँ संस्करणको ‘नाडा अटो शो’ मा करिब ४,३०० युनिट गाडी बुकिङ भएका छन्। यसमध्ये ४,००० भन्दा बढी चारपाङ्ग्रे र करिब २०० वटा दुईपाङ्ग्रे सवारी साधन रहेको कम्पनीहरूको दाबी छ।
ब्राण्ड अनुसार बुकिङको अवस्था:-
बीवाईडी (BYD): सर्वाधिक बुकिङमा बीवाईडी अग्रस्थानमा रहेको छ । यसको १४ सय युनिट गाडी बुकिङ भएको कम्पनीले जनाएको छ । नयाँ मोडलहरू एटो १ र एटो २ ले धेरै ग्राहक आकर्षित गरेका छन् ।
टाटा (TATA): बीवाईडीपछि सबैभन्दा धेरै बुकिङ टाटाको भएको छ । टाटाका टियागो, पन्च, र नेक्सन लगायतका मोडलहरू गरी कुल ८०० युनिट गाडी बुकिङ भएका छन् ।
एमएडब्ल्यू (MAW): एमएडब्ल्यूका नामी ८१२, दीपल ६०७, र सेरेस १०३ गरी उल्लेखनीय संख्यामा बुकिङ भएका छन् ।
अन्य ब्राण्ड: पहिलोपटक शोमा आएको जिली (Geely) को १८७ युनिट, जिङपिङको १०२ र एक्सपेङको ७० युनिट गाडी बुकिङ भएका छन् ।
दुईपाङ्ग्रे सवारी:
रोयल इन्फिल्ड: १६० युनिट
हिरो: ६० युनिट
अन्य ब्राण्डहरूले पनि राम्रो बुकिङ पाएको दाबी गरेका छन् ।