फोटोन इ-टुनल्याण्ड लेजेण्डरी पिकअप अब क्याटल पावरसहित इलेक्ट्रिकमा जोडियो

0 Shares

काठमाडौं । टुनल्याण्ड जी७ को सफलतापछि फोटोनले यस वर्षको नाडा २०२५ मा शक्ति, दक्षता र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन भएको आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक पिकअप इ टुनल्याण्ड प्रस्तुत गरेको छ ।

यो इ-टुनल्याण्ड पिकअपमा फोटोनको विश्वसनीय मजबुती र विश्वकै अग्रणी ईभी ब्याट्री निर्माता क्याटलको अत्याधुनिक प्रविधि जोडिएका छन् ।

विश्वकै एक नम्बर ब्याट्री ब्रान्ड क्याटलद्वारा संचालित

इ टुनल्याण्डको केन्द्रमा तेस्रो पुस्ताको ८८ किलोवाट क्याटल लिक्विड-कुल्ड लिथियम ब्याट्री रहेको छ । जुन प्रविधि आज विश्वका अग्रणी ईभी ब्रान्डहरूले प्रयोग गर्दै आएका छन् ।

विश्वभर अन्य ब्याट्री कम्पनीभन्दा धेरै संख्यामा ईभी सञ्चालनमा ल्याउन सफल क्याटलको यो प्रविधिले उत्कृष्ट सुरक्षा, विश्वसनीयता र लामो समयसम्म चल्ने सुनिश्चितता दिन्छ ।

यसै विश्वस्तरीय ब्याट्रीमार्फत् इ-टुनल्याण्डले ३५० किमीको ड्राइभिङ रेन्ज प्रदान गर्छ । ब्याट्रीमा ८ वर्ष चार लाख किमी र पिइयूरड्राइभिङ मोटरमा उपलब्ध पाँच वर्ष वा दुई किमीको वारेन्टीले गाडी किनेपछि पनि निश्चिन्तता दिन्छ ।

नयाँ इ-टुनल्याण्ड विशेष नाडा अफर मूल्य ६८ लाख ९९ हजारमा उपलब्ध हुनेछ । यसले १३० किलोवाट पावर र ३५० एमएम टर्क प्रदान गर्दै बलियो पर्फर्मेन्स दिन्छ । ३० प्रतशित ग्रेडे बिलिटीका साथ यस पिकअपले उकालो बाटो सजिलै चढ्न सक्छ ।

सेगमेन्ट-बेस्ट ८८.०२ किलोवाट क्याटल ब्याट्रीमार्फत उपलब्ध ४३० किमीको रेन्जले यसलाई दैनिक व्यवहारदेखि लामो यात्रासम्म उपयुक्त बनाउँछ । इ टुनल्याण्ड सबै प्रकारका परिस्थितिमा उत्कृष्ट प्रदर्शन गर्न तयार छ ।

दुई सय मिमि ग्राउन्ड क्लियरेन्स र ठूला २६५/६५ आर १७ टायरसहित यसले असजिला बाटोहरू सहजै पार गर्छ । स्थिर तथा आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्छ । १५२० ह १५८० ह ४४० मिमीको विशाल कार्गो साइजले भारी सामान ढुवानीलाई सजिलो बनाउँछ । जसले यसलाई काम र लाइफ स्टाइल दुवैका लागि भरोसायुक्त साधन बनाउँछ ।

शक्ति, क्षमता र आधुनिक डिजाइनको अद्वितीय मेलसहित आएको इ-टुनल्याण्डले नेपालमा इलेक्ट्रिक पिकअपको नयाँ युग सुरु गर्दै छ । वातावरणमैत्री प्रविधि, उच्च सुरक्षा र बलियो निर्माणसहित यसले ईभी बजारमा नयाँ मापदण्ड कायम गर्दै ग्राहकलाई भविष्य-उन्मुख ड्राइभिङको अनुभव दिने छ ।

सम्बन्धित समाचार