0
Shares
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १६०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा एक लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुनको मूल्य तोलामा एक लाख ९५ हजार १०० रुपैयाँ थियो ।
यसैबीच चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज दुई हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलामा दुई हजार ३०० रुपैयाँ कायम भएको थियो ।