नाडा अटो शोको उद्घाटन, दीपलको उड्ने ट्याक्सीदेखि रोबोटसम्म हेर्न पाइने (तस्बिरहरु)

0 Shares

काठमाडौं । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा १७औँ नाडा अटो शो सुरु भएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा नेपालकै ठूलो सवारीसाधन प्रदर्शनी मेला सुरु भएको हो।

८ गतेसम्म चल्ने शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी छन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नाडा अध्यक्ष करण चौधरीले यसपटक केही नयाँ आकर्षण थप्ने कोशिस गरेको जानकारी दिए। यसपटकको शोमा अवलोकनकर्ताले दिपलको उड्ने ट्याक्सी, मानवीकृत रोबोटको अवलोकन गर्न पाउने उनले बताए।

शोमा चारपांग्रे, दुईपांग्रेदेखि तिनका पार्ट्सपुर्जाहरुसम्म प्रदर्शन गरिएका छन्।

 

 

सम्बन्धित समाचार