जेलेन्स्कीसँग बैठक रोकेर ट्रम्पले गरे पुटिनलाई फोन, युद्ध रोक्ने सम्भावना कति?

0 Shares

काठमाडाैं। अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता गरे। रुस र युक्रेनबीच युद्ध विरामको कुनै सम्झौता भएन। ट्रम्पले यति चाँडै युद्ध विराम सम्भव नभएको बताए।

यद्यपि, बैठकमा युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल भएको थियो। ट्रम्पले युक्रेनको सुरक्षामा अमेरिका र युरोपेली देशहरूले मिलेर काम गर्ने बताए। सोही समयमा ट्रम्पले बैठक रोकेर पुटिनसँग ४० मिनेट फोनमा कुरा गरेका थिए।

यस क्रममा पुटिनले रुस र युक्रेनका प्रतिनिधिबीचको प्रत्यक्ष वार्तालाई समर्थन गरे। जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जले ट्रम्पसँगको फोन वार्ताका क्रममा पुटिन १५ दिनभित्र जेलेन्स्कीलाई भेट्न सहमत भए।

बैठकपछि जेलेन्स्कीले पत्रकार सम्मेलन गर्दै युक्रेनले सुरक्षा ग्यारेन्टीको बदलामा साढे एक खर्ब रुपैयाँ बराबरको अमेरिकी हतियार किन्ने प्रतिबद्धता जनाइएको छ।

ट्रम्प-पुटिन-जेलेन्स्की बैठकको तयारी

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासनले जेलेन्स्की र पुटिनबीच ऐतिहासिक बैठकको तयारी गरिरहेको बताए। रुबियोले फक्स न्यूजसँग भने, ‘यदि, यो बैठक सफल भयो भने ट्रम्प, पुटिन र जेलेन्स्कीको त्रिपक्षीय बैठक हुन सक्छ।’

उनले अहिलेसम्म त्यहाँ नपुगेको बताए। तर, यो लक्ष्य भएको बताउँदै यसलाई कसरी प्राप्त गर्ने भन्नेबारे छलफल भएको जानकारी दिए। एजेन्सी

सम्बन्धित समाचार