माधव झलनाथको मिलापत्र कति दीर्घकालीन ?

0 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अर्को सम्मानित नेता झलनाथ खनालबिच पछिल्लो ‘वाक युद्ध’ लामै समय चल्यो । अध्यक्ष नेपाललाई काभ्रेको पतनजञ्लीको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा गत जेठ २२ गते मुद्दा दायर गरेपछि खनालले अध्यक्ष पदबाटै राजीनामा दिनुपर्ने अडान लिएपछि विवाद चर्किएको हो ।

पार्टी अध्यक्षलाई भ्रष्टाचार अभियोग लागेपछि पदबाटै राजीनामा दिनुपर्ने खनालले अडान लिएका थिए । अध्यक्ष नेपाल सहित उनी निकट नेताहरूले मुद्दा लगाउन बित्तिकै राजीनामा दिन नपर्ने वकालत गर्न थालेका थिए । त्यसपछि दुई नेताबिच चर्किएको विवाद दुई महिनासम्म चल्यो । त्यति मात्रै होइन नेपाली काँग्रेसका नेताहरूले समेत धेरै विवाद नगर्न सुझाव समेत दिएका थिए । त्यसमा माओवादीका नेताहरूले समय समेत समन्वय गरेका थिए ।

गत आइतबार दुई नेता सहित दोस्रो तहका नेताहरूको सहमतिमा तत्काल साम्य बनाउन छलफल गरेका थिए । पार्टी दुई नेताको विवाद मिलाउन वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष प्रमेश हमाल महासचिव घनश्याम भुसाल लगायत नेताहरू बसेका थिए । पार्टी कार्यालय शान्तिनगरमा दुबैपक्षका नेताहरू बसेर एक अर्को विरुद्ध नबोल्ने समझदारी गरेपछि तत्काल विवाद साम्य जस्तै देखिएको छ । त्यसपछि दुई नेताले एकका विरुद्ध अर्कोले आरोप लगाएका छैनन् ।
तत्कालीन नेकपामा विवाद भएपछि माधव नेपाल पुष्पकमल दाहाल‘प्रचण्ड’ एक कित्तामा उभिएका थिए भने खनाल उपचारको सिलसिलामा भारतको दिल्ली पुगेका थिए । उपचारपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि हालका प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै प्रचण्ड माधवको समर्थन जनाए । प्रचण्ड माधव आ–आफ्नो पार्टी गठन गरेपछि खनाल माधवसँगै सम्मानित नेताको जिम्मेवारी लिएर सक्रिय भए ।

२०७९ सालको निर्वाचनमा इलाम एक बाट खनाल गठबन्धन हुँदाहुँदै पनि एमालेसँग पराजित हुन पुगे । त्यति बेला खनालले पार्टीले सोचे जस्तो सहयोग नगरेको र ओलीले पैसाको खोलो बगाएर आफूलाई हराएको प्रतिक्रिया दिएका थिए । गठबन्धन हुँदा समेत संसद्मा एकीकृत समाजवादी राष्ट्रिय दल नभएपछि खनालको मनोबल खसेको थियो । त्यसपछि खनालले संसद्को दोस्रो शक्ति एमाले भएपछि उनको मन पुरानै पार्टी एमालेतिर सोझिएको हो । त्यसपछि खनालले वामपन्थी एकता गरेर जानुपर्ने भन्दै घुमाउरो भाषामा एमालेसँग एकता गर्नुपर्ने अभिव्यक्ति दिन थाले । त्यसले अध्यक्ष नेपाल सहित उनी पक्षका नेताहरूले एमाले जान थालेको भन्दै चर्को आलोचना गर्न थाले ।

अहिले खनाल एकीकृत समाजवादी बलियो बनाएर जान नसक्ने अवस्थामा पुगी सकेका छन् । यस्तो अवस्थामा माओवादी केन्द्र भन्दा एमालेसँगै एकता गरेर जानुपर्ने धारको नेतृत्व गर्दै आएका छन् । त्यसका लागि  खनालले नेताहरुसँग भेटघाटलाई   समेत तिवृता दिएका छन् ।
अध्यक्ष नेपाल भने एमाले भन्दा माओवादी केन्द्रसँग समाजवादी मोर्चामा सहकार्य गर्दै गएपछि एकतामा पुग्नुपर्ने निष्कर्षमा छ । पार्टीमा जब अध्यक्ष नेपाललाई अख्तियारले मुद्दा दायर गरेपछि पदबाटै राजीनामा गराउने अवस्थामा खनाल पुगेका हुन् । पार्टीमा खनाल अल्पमतमा भएकाले अध्यक्ष नेपाललाई हटाउन सक्ने अवस्थामा छैनन् । अख्तियारको मुद्दा र नेपालको भावी कदमले दुई नेताको मिलापत्र निर्धारण गर्ने नेताहरूले बताएका छन् ।

सम्बन्धित समाचार