काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित सेल ‘डिल्स हेरेको हेर्यै’को घोषणा गरेको छ । साउन २३ देखि २९ गते (अगस्ट ८ देखि १४ तारिख)सम्म सञ्चालन हुने यस विशेष किनमेल महोत्सवमा ग्राहकहरूले ६० प्रतिशतसम्म छुट, निःशुल्क होम डेलिभरी र एक करोड १० लाख रुपैयाँ बराबरको भौचरलगायत अफरहरुका माध्यमबाट अत्यधिक लाभ उठाउन सक्ने छन् ।
‘डिल्स हेरेको हेर्यै’ अभियानको एक प्रमुख आकर्षणका रुपमा रहने फ्ल्याश सेलमा सेटाफिल, अस्टावल्फ, नाइक, ब्लेस अनलाइनलगायतका प्रतिष्ठित ब्रान्डका उत्पादनहरू अत्यन्तै न्यून मूल्यमा उपलब्ध हुने छन् । यसरी उपलब्ध गरिएका अफरहरू दैनिक रुपमा नवीकरण हुने भएकाले ग्राहकहरूलाई दराज एपको फ्ल्याश सेल सेक्सनमा नियमित अवलोकन गर्न दराजले अनुरोध गरेको छ ।
‘डिल्स हेरेको हेर्यै’ भन्ने नाराका साथ यस पटकको सेलले नेपाली उपभोक्तालाई नयाँ उमंग र अप्रत्याशित अफरको स्वाद दिलाउनेमा कम्पनी विश्वस्त रहेको छ ।
दराजले ग्राहकहरूको भरोसा जित्ने उद्देश्यका साथ बेस्ट प्राइस ग्यारेन्टि (बीजीपी) कार्यक्रम पनि यस अभियानमा समावेश गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले कुनै उत्पादन नेपालभित्रका अन्य अनलाइन प्लेटफर्ममा प्रस्तुत गरिएको मूल्यका तुलनामा अझ सस्तो मूल्यमा पाउँछन् ।
लागू गरिएका सर्तहरू पूरा भएमा उत्पादनको मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्ने छ । यो पारदर्शिता र प्रतिबद्धता दराजको ग्राहक केन्द्रित सेवाका लागि एक प्रखर उदाहरण हो ।
८.८ सेलको अर्को प्रमुख सुविधाका रुपमा छानिएका उत्पादनमा निःशुल्क होम डेलिभरी सुविधा पनि रहेको छ । ग्राहकहरूले न्यूनतम ४९९ रुपैयाँको खरिद गरेपछि छानिएका विक्रेताबाट घरमै निःशुल्क डेलिभरीको सुविधा पाउन सक्नु हुनेछ । यसका लागि भौचर प्राप्त गर्न दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी सम्बन्धित पेजमा गएर संकलन गर्न सकिने छ ।
स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो उपकरण, वेयरेबल्स, फर्निचर, घर सजावटलगायत उत्पादनमा उपलब्ध अफरहरूले यो सेललाई विविधता र मूल्य दुवैका हिसाबले अतुलनीय बनाएको छ । ग्राहकहरूले यस अवसरमा आफ्नो रोजाइका सामानमा मात्र नभई अत्यावश्यक सामग्रीमा पनि उल्लेखनीय बचत गर्ने अवसर प्राप्त गर्न सक्ने छन् ।
दराजको ८.८ ‘डिल्स हेरेको हेर्यै’ अभियान केवल अफर र छुटमा सिमित छैन । यो उत्कृष्ट सेवा, सहज भुक्तानी, छरितो डेलिभरी र भरपर्दो रिटर्न प्रणालीका माध्यमबाट सम्पूर्ण किनमेल अनुभवलाई अझ समृद्ध बनाउने प्रयत्न हो । नेपाली ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको ई कमर्स अनुभव प्रदान गर्ने दराजको प्रतिबद्धताले यो सेललाई विशेष बनाएको कम्पनीको भनाइ छ ।
दराज ८.८ ‘डिल्स हेरेको हेर्यै’ अभियानबारे थप जानकारीका लागि दराजको वेवसाइडमा हेर्न सकिन्छ । यस्तै, दराज नेपालको फेसबुक पेज वा दराज एप ब्राउज गर्न कम्पनीले अनुरोध छ ।