नयाँ ग्यालेक्सी स्मार्ट फोनमा आकर्षक अफर, ग्यालेक्सी बड्स र घडीमा विशेष छुट

0 Shares

काठमाडौं। सामसङ नेपालले आफ्नो ग्राहकका लागि नयाँ ग्यालेक्सी स्मार्ट फोन खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ। सीमित अवधिको लागि उपलब्ध हुने यो अफरअन्तर्गत, ग्राहकले चुनित ग्यालेक्सी वाच ८ सिरिज र बड्स ३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउने छन्।

सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोन खरिद गर्दा, चुनित ग्यालेक्सी वाच र बड्समा ३२ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने छ। यो मल्टी(बाइ अफरले आफ्नो प्रिमियम ग्यालेक्सी इकोसिस्टम निर्माण गर्ने अवसर दिन्छ।

ग्यालेक्सी वाच ८ क्लासिक वा बड्स ३ प्रो जस्ता स्मार्ट कम्प्यानियन जोडेर ग्राहकको अनुभवलाई अझ स्मार्ट र शक्तिशाली बनाउने छ। जसले स्वास्थ्य निगरानी, सहज कनेक्टिविटी वा उत्कृष्ट अडियो अनुभव लिन सकिँन्छ।

यी ग्यालेक्सी वाच र बड्समा समावेश एआई फिचरले स्मार्टफोनलाई थप उपयोगी बनाउँछन्। फिटनेस, संगीत, कार्य क्षमता र अरु धेरै विषयमा साथ दिन सक्ने छ। यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ। नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरमा मान्य छ।

साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइस प्राप्त गर्न सक्ने छन्। प्रक्रिया निकै सरल छ।

सम्बन्धित समाचार