नाइमा मोबिलिटी एक्स्पोमा ‘हुन्डाई अवेसम अगष्ट’ योजना घोषणा, यस्ता छन् उपहार

0 Shares

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘हुन्डाई अवेसम अगष्ट’ योजना सार्वजनिक गरेको छ ।

यस योजनामा ग्राहकहरुले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभ लिन सक्ने छन् । साउन २१ देखि २५ गतेसम्म सञ्चालन हुने यस योजना काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाइमा मोबिलिटी एक्स्पो २०८२ सँगै सञ्चालन भएको हो ।

यस योजनाअन्तर्गत ग्राहकले हुन्डाईका गाडी खरिदमा ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र विशेष छुट पाउन सक्ने छन् । यसका साथै सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी उपलब्ध हुनेछ।

‘हुन्डाई अवेसम अगष्ट’ योजनाको बम्पर पुरस्कारका रूपमा एक जोडीले भियतनाम भ्रमणको अवसर पाउने छन् । विजेता जोडीको तीन रात चार दिनको खर्च कम्पनीले व्यहोर्ने विज्ञप्तिमा उल्लेख छ ।

नाइमा मोबिलिटी एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुने छन् । यसका अतिरिक्त, स्टलमा गाडी बुक गर्ने ग्राहक दैनिक विशेष उपहारका लागि छनौट हुने छन् । दैनिक उपहारहरुमा बोस वासिङ मेसिन ह्याम्पर पनि समावेश गरिएको छ ।

हुन्डाईले ग्राण्ड आई १० एनआईओएस, भेन्यू, क्रेटा इभी, क्रेटा आइस र आयोनिक ५ जस्ता आधुनिक मोडलहरुसँग नेपाली बजारमा डिजाइन र प्रविधिमा निरन्तर अगाडि बढिरहेको जनाएको छ ।

हुन्डाई नेपाल सम्पूर्ण ग्राहक वर्ग तथा गाडी किन्न इच्छुक ग्राहकलाई नाइमा मोबिलिटी एक्स्पो २०८२ मा हुन्डाईको स्टल नम्बर एल १४ को भ्रमण गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार