सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न अब एक लाख ९८ हजार ५०० रुपैयाँ खर्चिनुपर्ने

0 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन आज तोलामा एक हजार ९०० रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत बैशाख ९ गते एक लाख ९७ हजार ९०० रुपैयाँको ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्यले आज उक्त दिनको रेकर्ड तोडेको हो ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला २ हजार २ सय ८० रुपैयाँ पुगेको छ ।

 

सम्बन्धित समाचार