आईसीसी यू-१९ विश्वकप- नेपाल भारतसँग पराजित, आठ खेलाडीको व्यक्तिगतभन्दा अतिरिक्त रन बढी

0 Shares

काठमाडौं । आईसीसी यू-१९ विश्वकपअन्तर्गत शुक्रबार भएको सुपर सिक्स खेलमा नेपाल भारतसँग १३२ रनले पराजित भएको छ ।

नेपाल सुपर सिक्समा दुवै खेल पराजित हुँदा भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । जितको लागि २९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रनमा समेटिएको हो ।

नेपालका लागि ११ औँ नम्बरका खेलाडी दुर्गेश गुप्ताले ४३ बल खेल्द २ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे । १० औँ नम्बरका आकाश चन्दले ३५ बलमा १८ रन बनाए ।

कप्तान देव खनालले ५३ बलमा २ चौकासहित सर्वाधिक ३३ रन बनाए । अर्जुन कुमालले २६ रन बनाउँदा दीपक बोहराले २२ रन बनाए ।

नेपालका लागि उत्तम थापा मगर ८, विशाल विक्रम केसी र गुलशन झा १–१ रन बनाए । दीपक डुम्रे र दीपेश कँडेल खाता खोल्न सकेनन् ।

भारतका स्पिनर सौम्य पाण्डेले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर ४ विकेट लिए । आर्शिन कुलकर्णीले २ विकेट लिए ।

ब्याटिङतर्फ भारतका लागि सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको शतकीय इनिङ खेले । कप्तान उदय सहारान १०७ बलमा ९ चौकासहित १०० रनमा आउट भएका थिए ।

नेपालका गुलशन झाले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६५ रन खर्चेर १ विकेट लिएका थिए ।

प्रतियोगितामा नेपालले २२ रन अतिरिक्त पाएको थियो । जुन नेपालका आठ जना खेलाडीले बनाएको व्यक्तिगत स्कोरभन्दा धेरै हो ।

सम्बन्धित समाचार