काठमाडौं । डोङफेङ नामीले चाडपर्व आउनुअगावै ग्राहकलाई उत्सवको अनुभव दिलाउनका लागि ‘अर्ली फेस्टिभ अफर’ सुरु गरेको घोषणा गरेको छ । “ह्वाई वेट फर द फेस्टिभल?” भन्ने नारासहित ल्याइएको यो अफरअन्तर्गत कम्पनीले ग्राहकहरूलाई नेपालमा अत्याधिक मन पराइएको प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी किनेर मौकाको फाइदा उठाउन आव्हान गरेको छ ।
नामीले आफ्नो सेग्मेन्ट फर्स्ट फिचरहरू, बलियो रेन्ज र उत्कृष्ट मूल्यका कारण छोटो समयमै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको छ । बोल्ड डिजाइन, लक्जरी इन्टेरियर र प्रयोग गर्न सहज प्रविधिको संयोजनले नामीलाई आधुनिक जीवन शैलीका लागि उपयुक्त ठूलो ह्याचब्याक भएको फाइभ स्टार लक्जरी ईभी बनाएको छ ।
ग्राहकको गाडी किन्ने अनुभवलाई अझ विशेष बनाउन, डोङफेङ नामीले यो गाडीलाई विशेष चाडपर्व मूल्य ३३.९९ लाख रुपैयाँमा उपलब्ध गराएको छ जुन पहिले ३४.७९ लाख रुपैयाँ थियो। चाडपर्व सुरु हुनुअघि अफर सुरु गरेर कम्पनीले ग्राहकहरूलाई चाडबाडको भीडभाड नपर्खीकनै उत्सव सुरु गर्ने मौका दिएको छ ।
अफर विवरण
चाडपर्व मूल्यः ३३.९९ लाख रुपैयाँ (पहिलेको मूल्यः ३४.७९ लाख)
अफर उपलब्धः डोङफेङ नामीको देशभरका सम्पूर्ण शोरूममा
डोङफेङ नामीले डिजाइन, नवीनता र दैनिक व्यवहरिकताको संयोजनमार्फत नेपालमा विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्न अग्रणी भूमिका खेल्दै आएको छ ।
यो प्रारम्भिक चाडपर्व योजना मार्फत कम्पनीले यो वर्षभरिकै प्रतिक्षित समयमा प्रिमियम इलेक्ट्रिक गाडीलाई अझ धेरै नेपालीका लागि पहुँच योग्य बनाउने लक्ष्य राखेको छ ।
नामीले चाडबाड अगाडि नै उत्सव ल्याइदिएको छ भने अब चाडपर्व नै किन कुर्नुरु