नाइमा मोबिलिटी एक्स्पोमा जानेलाई पठाओले दिनेछ ३० प्रतिशत छुट

0 Shares

काठमाडौं । आगामी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डस्थलमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ का अवसरमा प्रदर्शनीमा आउने पाहुनाले पठाओ बुक गर्दा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

नाइमा नेपालले पत्रकार सम्मेलन गर्दै प्रदर्शनीमा आएका आगन्तुकहरुलाई प्रायोजक कम्पनीहरुले पनि विशेष प्रावधानको व्यवस्था गरेको जानकारी गराइएको थियो ।

यसरी हेर्दा, नाइमा मोबिलिटी एक्स्पो हुने स्थल भुकुटीमण्डप गन्तव्य भएका राइडहरुमा ३० प्रतिशत सम्मको छुट दिने आयोजकले जनाएको छ । यदि, तपाइहरु उक्त एक्पोमा जाँदै हुनुहुन्छ भने पठाओमार्फत यात्रा बुक गरी छुट प्राप्त गर्न सकिने जनाइएको छ ।

सम्बन्धित समाचार