0
Shares
काठमाडौं । पूर्वप्रधानमन्त्री माधव नेपालले भ्रष्टाचार मुद्दामा वारेस राख्न नपाउने भएका छन्।
नेपालविरूद्ध ३ वर्षभन्दा बढी कैद सजाय हुने अभियोग लागेको भन्दै अदालतले वारेस (मुद्दाका काम गर्न पाउने प्रतिनिधि) राख्न नपाउने आदेश गरेको हो।
नेपालले वारेस राखेर मुद्दा लड्न पाउनुपर्ने माग राखी दिएको निवेदनमा सोमबार सुनुवाइ हुँदा न्यायाधीशद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यो आदेश दिएको हो।
उनले अदालतको आदेशबमोजिम बैंक जमानत दाखिला गरी तारिखमा रहेको र राजनीतिक कार्यक्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाई यस मुद्दामा वारेस राख्ने अनुमतिका लागि निवेदन दिएका थिए।