0
Shares
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौं उपत्यकासहित आसपासका भागमा वर्षा भएको छ ।
साथै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा तराई भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहने छ । गण्डकीलगायत देशका पहाडी भागका केही स्थान तथा तराई भागका थोरै स्थान मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।