जग्गा हिनामिनामा मुछिएकी रञ्जिताले दिइन् बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

0 Shares

काठमाडौं । जग्गा हिनामिनाको आरोपमा मुछिएसँगै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पार्टी जिम्मेवारीबाट बाहिरिएकी छन्। उनले विवादमा परेसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएकी छन्।

शुक्रबार, बहुमत केन्द्रीय सदस्यहरूको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएका थिए। त्यसपछि, श्रेष्ठले पोखरा महानगर ६ निवासी पार्टीका वरिष्ठ नेता बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएको जानकारी गराएकी हुन्।

रञ्जिता श्रेष्ठले पार्टीका केन्द्रीय सदस्यहरूसँगको छलफलपछि भनेकी छन्, “मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य सञ्चालन र महत्त्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकोले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो।”

यसअघि, मन्त्री हुँदा पोखराको जग्गा हिनामिना प्रकरणमा मुछिएको भन्दै, नाउपाका संरक्षक र रञ्जिताका श्रीमान रेशम चौधरीले जवाफ दिनुपर्ने बताएका थिए।

सम्बन्धित समाचार