काठमाडौं । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले चितवनमा दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।
गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेपछि सिँचाइ ग्राहकको लोड बढ्न गएको भन्दै साउन ११ गतेका लागि लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो ।
वितरण केन्द्र चनौलीअन्तर्गत पर्ने नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूमा लोडसेडिङ हुनेछ ।
वितरण केन्द्रले जनाएअनुसार, भरतपुर १३२ र ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने (क्षमताले नधान्ने) अवस्था म छ ।
तर, अहिले विद्युत् माग बढेर तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाहको समस्या समाधानका लागि अघिल्लो आर्थिक वर्षमा नै बर्सेनी सब स्टेशनबाट विद्युत् आपूर्ति गर्ने गरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको बताइएको छ ।
लोडसेडिङ तालिका
नारायणी-माडी फिडरहरू: बिहान ६ देखि ९ र दिउँसो ३ देखि ६ बजेसम्म ।
मेघौली-विजयनगर-शुक्रनगर फिडरहरू: बिहान ९ देखि १२ र बेलुका ६ देखि ९ बजेसम्म ।
३मजगतपुर-रामपुर फिडरहरू: दिउँसो १२ देखि ३ र बेलुका ९ देखि १२ बजेसम्म ।