सिन्धुपाल्चोकमा पहिरो, अरनिको राजमार्ग अवरुद्ध

0 Shares

काठमाडौं । सिन्धुपाल्चोकमा अरनिको राजमार्ग अवरुद्ध भएको छ । भोटेकोसी गाउँपालिका २, दशकिलोमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो करिब १ बजेर ३५ मिनेटमा उक्त स्थानमा लेदोसहितको पहिरो झरेको थियो । पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

वर्षासँगै सडकमाथिबाट पहिरो खसेको हो । पहिरो पन्छाएर सडक खुलाउन समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार