नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको विशेष अफर

0 Shares

काठमाडौं। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ का लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले विशेष अफर ल्याएको छ। साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने एस्क्पोमा युनाइटेड ट्रेडर्स सिन्डिकेटले ‘टोयोटा मेगा अफर’ ल्याउने भएको हो।

एक्स्पोमा टोयोटाको मोडल यारिस क्रस हाइब्रिड इलेक्ट्रिक, ल्याण्ड क्रुजर २५० प्रदर्शनमा राखिने छन्। उक्त एक्स्पोमा टोयोटाको कुनै पनि बुकिंग गर्ने प्रत्येक ग्राहकले ‘मेगा डिस्काउन्ट’, ‘प्ल्याटिनम कार्ड साथै एक्स्पोमा बुकिंग गरिएका सवारी साधनका लागि जीवनभर पिकअप तथा ड्रप सुविधा पाउने छन्।

स्टलमा आउने हरेक ग्राहकले आकर्षक टोयोटा गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन्। यो अफर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बुकिंग गर्ने ग्राहकका लागि मात्रै उपलब्ध हुनेछ।

सम्बन्धित समाचार