५० रुपैयाँको नोट छाप्न बोलपत्र आह्वान

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली रूपैयाँ ५० दरका ४२० मिलियन अर्थात ४२ करोड नोट छाप्नका लागि बोलपत्र आह्वान गरेको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै ५० को नोट सुरक्षित तवरले छाप्नका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो । बोलपत्र सिंगल स्टेज टु इन्भेलोप प्रणालीबाट हुनेछ ।

प्रविधिक प्रस्ताव र मूल्य प्रस्ताव पेश गर्न भनिएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले यस कार्यका लागि आवश्यक बजेट विनियोजन गरिसकेको जनाएको छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बोलपत्रको मूल्य नेपाली रुपैयाँमा २० हजार रहेको छ । अन्य विदेशी मुद्रामा यूएस डलर १४६, यूरो १२६ र पाउण्ड १०९ निर्धारण गरिएको छ ।

बोलपत्र दस्ताबेज खरिज गर्ने कम्पनीले उक्त रकम राष्ट्र बैंकको थापाथली खातामा जम्मा गर्नुपर्ने छ । बोलपत्र बुझाउने अन्तिम मिति २०८२ भदौ २३ गतेलाई तोकिएको छ ।

बोलपत्र कम्तीमा १२० दिनसम्म मान्य रहनेछ र न्युनतम ४ करोड रुपैयाँको बैंक जमानतपत्र पनि संलग्न गर्नुपर्ने उल्लेख छ ।

राष्ट्र बैंकले कुनै पनि वा सम्पूर्ण बोलपत्र रद्ध गर्ने अधिकार सुरक्षित राखेको जनाएको छ ।

सम्बन्धित समाचार