सरकारप्रति कांग्रेसको चर्को असन्तुष्टि, मन्त्री फेरिने चर्चाकाबीच कांग्रेसको पदाधिकारी बैठक जारी

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री फेरबदलको चर्चाकाबीच नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी रहेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक जारी रहेको हो । पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल छन् । सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढिरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन् ।

बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार