अटोरिक्सा मर्स्याङ्दीमा खस्दा ६ जना घाइते

0 Shares

काठमाडौं। लमजुङ-मनाङ जोड्ने बेँसीसहर-चामे सडक खण्डमा आज अटोरिक्सा मर्स्याङ्दी नदीमा खस्दा चालकसहित ६ जना घाइते भएका छन्।

बेँसी सहरबाट मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारतर्फ जाँदै गरेको गप्र ००४००१ ह २८५ नम्बरको अटो रिक्सा बेँसीसहर ६ खरखरे भिरबाट मर्स्याङ्दीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराले जानकारी दिए ।

गोरखाको आरुघाट गाउँपालिका-१ की ४५ वर्षीया स्यानुमाया गुरुङ, ३५ वर्षीया अञ्जली गुरुङ, ४८ वर्षीया धनकुमारी गुरुङ र ४० वर्षीया शिलादेवी गुरुङ तथा नुवाकोटको तादी गाउँपालिका २ की ४५ वार्षीया सुस्मिता तामाङ र अटोरिक्सा चालक मर्स्याङ्दी ४ का ३० वर्षीय टोपबहादुर लामा घाइते भएका छन् ।

स्यानुमाया गुरुङ र सुस्मिता तामाङलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको प्रहरी नायब उपरीक्षक बोहराले बताए । अन्य घाइतेको बेँसीसहर-८ स्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार