घरमा श्रीमती छाडेर आफ्नै कम्पनीको एचआर प्रमुख स्क्रिस्टिन क्याबटलाई लिएर कन्सर्ट हेर्न जाँदा…

0 Shares

काठमाडौं । घरमा श्रीमती छाडेर आफ्नै कम्पनीको एचआर प्रमुख स्क्रिस्टिन क्याबटलाई लिएर कन्सर्ट हेर्न जाँदा डेटा विश्लेषण कम्पनी स्ट्रोनोमरका सीईओ एण्डी बायरनले छँदाखाँदाको जागिरबाट हात धुनु परेको छ । कम्पनीबाट वार्षिक साढे नौ करोड नेपाली रुपैयाँ तलब र थप बोनस खाइरहेका बायरनको जागिर भिडियो क्लिप सार्वजनिक भएपछि धरापमा परेको थियो ।

विश्वपप्रसिद्ध ब्याण्ड कोल्डप्लेको अमेरिकाको बोस्टनमा भएको एक कन्सर्टका दौरान क्यामेराले बायरन र क्याबट रमाइरहेको दृश्य खिचेको थियो । ऊक्त दृश्यमा रोमान्टिक ट्र्याक बजिरहेको हुन्छ भने बायरनको अंगालोमा क्याबट बेरिएकी हुन्छिन् । दुवैबीच एकदमै आत्मी र प्रेमिल सम्बन्ध देखिन्छ । तर, दुर्भाग्य के हो भने यी दुवै विवाहित हुन् । बायरनको घरमा श्रीमती र बालबच्चा थिए भने क्याबटले पनि घरमै श्रीमानलाई छाडेर आएकी थिइन् ।

क्यामेराले खिचेको फुटेजमा दुवै एक अर्कासँग लाज मानिरहेको देखिन्छन् । दुवै केही झस्किएको देखिन्छ भने बायरन क्यामेराबाट छलिन खोज्छन् । क्याबटले लाजले मुख छोप्छिन् । यो भिडियो सामान्य मान्छेको भए अलग हुन्थ्यो, तर ५०० भन्दा बढी कर्मचारी भएको र एक अर्ब डलर बजार मूल्य भएको कम्पनीको सीईओ र एचआर प्रमुखको थियो ।

सम्बन्धित समाचार