0
Shares
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि छनोट भएका पाँच जनाले बिहीबार आफ्नो कार्ययोजना प्रस्तुत गर्ने भएका छन् । छनोट समितिले कार्ययोजना प्रस्तुत गर्न पाँचै जना प्रतिस्पर्धीलाई बिहीबार बोलाएको हो।
छनोट समितिले सो पाँच जनाको कार्ययोजना मूल्यांकन गरी उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने छ । मन्त्रिपरिषदले तीनमध्ये एक जनालाई अध्यक्ष नियुक्त गर्ने छ । नेपाल धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा आवेदन दिएकामध्ये कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठ छनोटमा परेका छन्।
छनोटमा परेका मध्ये कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत, चापागाईं बीमा समितिका पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।