पहिरोले घर पुरिँदा दुई जना बेपत्ता

0 Shares

काठमाडौं । पर्वतमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जना बेपत्ता भएका छन् । मोदी गाउँपालिका ३ देउरालीको लाङ्दीमा एक तले घर पुरिँदा दम्पती पुरिएका हुन् ।

बेपत्ता हुनेमा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती रहेका छन् । प्रहरीका अनुसार बुहारी ३२ वर्षीया पवित्राले हाम फालेर बचेकी छन् ।

वर्षासँग आएको बाढी र पहिरोले सडक र खेती योग्य जमिनमा क्षति पुर्‍याएको छ । अत्यधिक वर्षा भएको यस क्षेत्रका खोलाहरूमा पनि बाढीको बहावले खतराको तह पार गरेको छ ।

सम्बन्धित समाचार