शाओमी पावर बैंक सार्वजनिक, सुपर फास्ट-सधैँ चार्ज

0 Shares

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा भरपर्दा र टिकाउ पावर बैंक सर्वसुलभ र सरल मूल्यमा उपलब्ध भएको छ ।

कम्पनीले दैनिक जीवनशैलीका अंग बनेका फोन, ट्याब्लेट, इअरबड र अन्य ग्याजेटलाई बिक्री गर्दै आएको बताएको हो ।

विभिन्न रेन्जमा उपलब्ध शाओमीका तीन हजार ४९९ देखि चार हजार ९९९ सम्मका पावर बैंक ग्राहकले खरिद गर्न सक्ने कम्पनीको भनाइ छ ।

शाओमी पावर बैंक ४आइ १० हजार एमएएच

यो २२.५ वाट फास्ट चार्गिंग पावर भएको पातलो, कम्प्याक्ट र भरपर्दो पावर बैंकले एकै चोटी तीन वटा डिभाइस चार्ज गर्न सक्छ । यसमा यूएसबी-सी र यूएसबी-ए दुवै पोर्ट छन् ।

यसले टु वे चार्जिङ पनि सपोर्ट गर्ने कम्पनीले जनाएको छ । १८ वाट चार्जरले ४ घन्टामै डिभाइसलाई पूरै चार्ज गर्छ ।

शाओमी पकेट पावर बैंक १० हजार एमएएच

यसमा बिल्ट-इन केबल भएकाले अलग्गै चार्जिङ केबल चाहिँदैन । ४आई जस्तै २२.५ वाट फास्ट चार्जिङ पावर भएको यस डिभाइसले एकैचोटि तीन वटा डिभाइस चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

रेड्मी पावर बैंक २० हजार एमएएच

यदि, धेरै पावर चाहिन्छ भने रेड्मी पावर बैंक २० हजार एमएएच उपयुक्त हुनेछ । यसमा भएका सुरक्षा सुविधा अत्यधिक ताप, सर्ट सर्किट, उच्च भोल्टेज जस्ता समस्याविरुद्ध १२ लेयर सुरक्षा दिने कम्पनीको दाबी छ ।

यसभित्रको लिथियम पोलिमर ब्याट्री सामान्यभन्दा बढी सुरक्षित र प्रभावकारी रहेको कम्पनीले जनाएको छ ।

शाओमी पावर बैंक ४आई २० हजार एमएएच

३३ वाट सोनीक चार्जिङ भएको यो हेबी ड्युटी पावर बैंकले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ र फिटनेस ट्रयाकर वाचजस्ता सानो साइजका ग्याजेटका लागि लो पावर मोड पनि उपलब्ध छ ।

१२ लेयर सुरक्षा सुविधा र धेरै पोर्ट (टाइप सी इनपुट, ताइप सी आउटपुट र दुई वटा यूएसबी-ए आउटपुट)सहित यो पावर बैंक पूर्ण रूपमा चार्ज हुन करिब ६.९ घन्टा लाग्ने कम्पनीले जनाएको छ ।

शाओमी पावर बैंकले फास्ट चार्जिङ, मजबुत बनाबट र सुरक्षा सुविधालाई किफायती मूल्यमा ग्राहकमाझ उपलब्ध गराएको छ ।

सम्बन्धित समाचार