0
Shares
काठमाडौं । झापामा भारी वर्षा भएको छ । थप वर्षा हुने पूर्वानुमानसहित जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन आग्रह गरेको छ ।
विभागले शनिबार बिहान सूचना जारी गर्दै पछिल्लो तीन घण्टामा झापाको बाहुनडाँगी वर्षामापन केन्द्र तथा वरपरका क्षेत्रमा उल्लेख्य मात्रामा वर्षा मापन गरिएको छ ।
यस क्षेत्र हुँदै बग्ने निन्दा खोला, मेची नदी तथा साना खोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेकाले डुबान सम्भावित होचा भागमा सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।
विभागले बिहानसम्म थप वर्षा हुन सक्ने उल्लेख गर्दै जोखिम क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।