0
Shares
काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विद्युतीय अपराध (साइबर क्राइम)को आरोपबाट सफाइ पाएका छन् ।
जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई दुई वटा साइबर अपराधको मुद्दामा सफाइ दिएको हो । न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले छुट्टाछुट्टै दुई वटा मुद्दामा प्रसाईंलाई सफाइ दिएको हो ।
उनीविरुद्ध रोशन सुवेदी र टीका संग्रौलाले जाहेरी दिएपछि प्रहरीले साइबर अपराधको मुद्दा दायर गरेको थियो । उनीमाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको र समाजमा घृणा फैलाएको आरोप थियो ।
यो मुद्दामा सफाई पाए पनि तिनकुने विध्वंसात्मक घटनामा संलग्न भएको आरोपमा थुनामा रहेका उनी थुनामा छन् ।