उच्च अदालतका न्यायाधीश भरत लम्सालले दिए राजीनामा

0 Shares

काठमाडौँ । उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गामा कार्यरत न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन् ।

उनले बिहीबार सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष राजीनामा बुझाएको सर्वोच्च अदालतका प्रवक्ता सह-रजिस्ट्रार अच्युत कुइँकेलले जानकारी दिएका छन् ।

न्यायाधीश लम्सालले आफ्नो राजीनामामा स्वास्थ्य अवस्थालाई कारण देखाएका छन् । उनी अबको एक वर्षपछि उमेर हदका कारण अनिवार्य अवकाशमा जाने अवस्थामा थिए ।

सम्बन्धित समाचार