सौर्य एयरको जहाज दुर्घटनाको अन्तिम प्रतिवेदन सार्वजनिक

0 Shares

काठमाडौं । करिब एक वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरातर्फ उड्ने क्रममा धावनमार्ग नजिकै दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सको ९एन-एएमई-सीआरजे २०० (कलसाइन) जहाजसम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा शुक्रबार आयोजित विशेष कार्यक्रममा दुर्घटना जाँच आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले प्रतिवेदन मन्त्री बद्रीप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले कुनै पनि पूर्वधारणा वा दबाबबिना आयोगले निष्पक्ष प्रतिवेदन तयार पारेको बताए । उनले उक्त प्रतिवेदनलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रतिवेदन हस्तान्तरण भएसँगै मन्त्रालयले आफ्नो वेबसाइटमार्फत सर्वसाधारणका लागि प्रतिवेदन सार्वजनिक गरेको छ ।

गत वर्ष साउन ९ गते मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको सौर्य एयरलाइन्सको उक्त जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

घटनामा जहाज मर्मतसम्बन्धी विज्ञसहित १८ जनाको मृत्यु भएको थियो । पाइलट मनिष शाक्यलाई जीवितै उद्धार गरिएको थियो ।

दुर्घटना भएको दिन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलालको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।

सम्बन्धित समाचार