काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला सक्रिय भई लागेका छन् । नेता कोइलालाले बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेटेर आफ्ना कुरा राखेका थिए ।
प्रचण्डसँगको भेटमा कोइरालाले ओली सरकार जति लामो समय जान्छ त्यति निरासा बढ्दै जाने बताएको प्रचण्डको सचिवालयका एक नेताले बताए ।‘प्रचण्ड जी ओली नेतृत्वको सरकार अब लामो समय जान दिनुहुँदैन । यसले जनतामा निरासा बाहेक केही बढाएन’ प्रचण्ड कोइराला भेट वारे ति नेताले भने, ‘नयाँ सरकार गठन गर्न तपाई(प्रचण्ड)ले नेतृत्व गरिदिनुप¥यो । अहिलेको गठबन्धन जुन उदेश्यका लागि बनाएको हो त्यसबाट विचलित भइ सक्यो ।’
प्रचण्डलाई भेटे लगत्तै कोइरालाले शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । भेटमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको कोइराला सचिवालयले जनाएको छ । शेखरसँगको भेटमा भण्डारीले आफू सक्रिय राजनीतिमा आएको भन्दै सहयोगको अपेक्षा गरिन् ।
कोइराला गठबन्धन बने देखि नै ओली नेतृत्वको सरकारका विषयमा आलोचनात्मक धारणा राख्दै आएका थिए । पछिल्लो समय ओलीको मनोमानी बढ्दै गएपछि कोइराला विपक्ष नेताहरु सहित सत्तापक्षका नेताहरुलाई समेत भेटेर नयाँ सरकार बनाउन सक्रिय भई लागेका हुन् ।