आफू विदेशमा हुँदा अर्कैसँग गएकी पत्नीको हत्या

0 Shares

काठमाडौं । प्यूठानका एक युवकले आफू वैदेशिक रोजगारीमा रहँदा अर्कैसँग दोस्रो बिहे गरेर हिँडेकी पत्नीको हत्या गरेका छन्।

सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मिणी बरालको पूर्वपति ३२ वर्षीय लिलबहादुर बरालले मंगलबार चक्कु प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ। हालका पतिकै घरमा गएर उनले पत्नीको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० दिपेश बस्यालका अनुसार हत्या घटना लगत्तै बराल पक्राउ परेका छन्। लिलबहादुरको घर प्यूठानकै ऐरावती गाउँपालिका–२ कात्तिके हो।

रुक्मिणीका बराल तर्फका ८ वर्षका छोरा र ६ वर्षकी छोरी छन्। पति वैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रहेको बेला गएको वैशाखमा उनले सरुमारानी गाउँपालिका–३ गोठेरीका दिपक परियारसँग भागी बिहे गरेकी थिइन्। परियारको यो पहिलो बिहे हो।

 

सम्बन्धित समाचार