0
Shares
भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर मालपोत कार्यालयका प्रमुख र एक कार्यालय सहयोगीलाई २४ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मालपोत प्रमुख कुमार आचार्य (५४) र कार्यालय सहयोगी टीकाराम राउत (५१) रहेका छन्। अख्तियारका अनुसार, उनीहरू दुवैलाई मंगलबार कार्यालयभित्रै घुस लिँदै गर्दा नियन्त्रणमा लिइएको हो ।
उनीहरूले भक्तपुरको चाँगुनारायणस्थित १४ रोपनी ४ आना जग्गाको मोही लगत कट्टा गरी तल्सिङको नाममा दर्ता गर्ने प्रक्रिया मिलाइदिने भन्दै सेवाग्राहीबाट उक्त रकम घुस लिइरहेका थिए । अख्तियारको टोलीले घुस रकमसहित दुईवटा मोबाइल सेट पनि बरामद गरेको छ ।
अख्तियारले यस घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।