पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

0 Shares

काठमाडौं । पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ ।

उनको शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले बताएकी हुन् । उनको दाहसंस्कार भोलि गरिने छ ।

उनले लामो समयसम्म द राइजिङ नेपालमा काम गरेकी थिइन् । उनका दुई छोरी छन् । उनी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकी संचालकसमेत थिइन् ।

अचानक हृदयघात भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । तर चिकित्सकले मृत घोषणा गरेका थिए ।

सम्बन्धित समाचार