0
Shares
काठमाडौं । काठमाडौंको बौद्धमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । एक घरको कोठामा आगलागी हुँदा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुनेमा काभ्रे चौरीदेउराली ३ घर भएकी ६५ वर्षीया उर्मिला तामाङ रहेकी छन् ।
मृतक शारीरिक रुपमा अशक्त रहेकी थिइन् । आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्ण रुपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।