दुई नेपालीलाई अमेरिकाले फर्काइदियो

0 Shares

काठमाडौं। अवैधानिक रुपमा अमेरिका बस्दै आएको भन्दै दुई नेपाली निष्कासित भएका छन्। गैरकानुनी तरिकाले बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो।

निष्कासन गरिनेमा रेशमबहादुर केसी र गविन्दराज वली छन्। उनीहरूलाई कतार एयरायन्सको विमानबाट नेपाल फर्काइएको हो।

यसअघि अमेरिकाले अघिल्लो हप्ता मात्रै तीन जना नेपालीलाई अमेरिकाबाट निष्कासन गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिमा कडाइ गरेसँगै गैरकानुनी रूपमा बसोबास गर्नेहरू धमाधम निष्कासित हुँदै आएका छन्।

यसअघि अमेरिकाले नेपालीहरूलाई फर्काउँदै आएको थियो भने केहीलाई चार्टर्ड विमानमार्फत पनि फर्काइएको थियो।

सम्बन्धित समाचार