0
Shares
काठमाडौं । भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा बाढीको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै मंगलबार राति भोटेकोशी र सुनकोशी क्षेत्रमा भारी वर्षा हुने भन्दै सतर्क हुन आग्रह गरेको हो । प्रशासनले अरनिको राजमार्ग (बन्देउदेखि लिपिङ)मा सवारी साधन चलाउँदा समेत सतर्कता हुन भनेको छ ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको जनाउँदै सतर्क हुन सूचना जारी गरेका हुन् ।