0
Shares
रसुवा । रसुवामा आएको बाढीमा परी १२ नेपाली र ६ चिनिया नागरिकसहित १८ जना बेपत्ता भएका छन् ।
मंगलबार बिहान ३ बजेतिर गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा अकस्मात आएको बाढीमा परी १८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।घटनामा परेका ९ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
सम्पर्कविहीन हुनेमा इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्दारका लागि खटिएका मध्ये प्रहरी सहायक निरीक्षक लाल बहादुर श्रेष्ठ, प्रहरी जवान मुनन ठाकुर र लोकेन्द्र बोहरा समेत रहेका छन् ।
बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका–५ पासाङल्हामु सडक भासिएका कारण धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको छ ।